नेप्सेमा ७ कम्पनीको २ करोड ४८ लाख कित्ता धितोपत्र सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता ७ कम्पनीको २ करोड ४८ लाख २४ हजार ५२३ कित्ता धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरि सूचीकृत भएको छ।

नेप्सेका अनुसार चार कम्पनीका ५० लाख २४ हजार ५२३ कित्ता बोनस, दुई कम्पनीको ५० लाख कित्ता ऋणपत्र, एक कम्पनीको १ करोड ४८ लाख कित्ता प्राथमिक शेयर सूचीकरण भएको हो।

यस साता नेप्सेमा एभरेष्ट बैंकको ४० लाख ३३ हजार ४ सय ३१ दशमलव ६७ कित्ता बोनस, उन्नती लघुवित्तको ३ लाख ४० हजार ७ सय ४१ दशमलव ५० कित्ता बोनस, स्वदेशी लघुवित्तको ४ लाख ६० हजार कित्ता बोनस, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको १ लाख ९० हजार ३ सय ५० कित्ता बोनस सूचीकरण भएको हो।

यसैगरि कृषि विकास बैंकको ‘१०.३५ प्रतिशत ए.डि.बि.एल डिबेञ्चर २०८३’ र सिटिजन्स बैंकको ‘१०.२५ प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०८६’ को २५/२५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो।

एनआईसी एशिया लघुवित्तको १ करोड ४८ लाख कित्ता साधारण शेयर पनि यसै साता सूचीकरण भएको नेप्सेले जनाएको छ।

प्रकाशित मिति: २६ असार २०७७, शुक्रबार  १३ : १६ बजे