रसुवागढी हाइड्रोको सुरुङमा सुख्खा पहिरो, नेपाली र चिनियाँ गरी १५ कामदार वेपत्ता


निमार्णको क्रममा रहेको रसुवागढी हाइड्रो पावरको सुरुङमा सुख्खा पहिरो खस्दा १५ जना कामदार पुरिएका छन् । पुरिनेमा ९ नेपाली र ६ चिनियाँ कामदार रहेकका छन्।

पुरिएका कामदारको अवस्थाको बारेमा भने जानकारी आइसकेको छैन । उद्धार टाेली घटनास्थलमा पुगेर उद्धारको काम समेत सुरु गरिसकेको भएपनि कामदारको अवस्थाको बारेमा अझै पनि कुनै जानकारी उपलब्ध हुन सकेको छैन ।

बिहीबार राती ८ बजेर ३० मिनेट जाँदा खसेको पहिरोमा काम गरीरहेका चिनियाँ कामदार पुरिएको रसुवा जिल्लाका प्रमूख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए।

चिलिमे जलविद्युत कम्पनीको सहायक कम्पनीको रुपमा १११ मेगावाट क्षमताको रसुवाढी जलविद्युत योजना निमार्णको चरणमा नै छ।

रसुवा जिल्लाको गोसाइकुण्ड गाँउपालिका २ तातोपानि नजिकै रहेको योजनाको सुरुमा पहिरो गएपछि रसुवाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उद्धार टोलि घट्ना स्थल पुगिसकेको प्रमूख जिल्ला अधिकारी भण्डारीले बताए।

घटना स्थलमा पुगेको उद्धार टोलीले उद्धारको काम सुरु गरीसकेको भएपनि घटनाबाट भएको मानविय तथा भौतिक क्षतीको विवरण आइनसकेको भण्डारी बताउँछन् ।