पाँचथर पावरको शेयर कारोबार सुरु भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आईपिओ बाँडफाँडको दुई महिना पश्चात बैशाख २२ गते आइतबारदेखि कम्पनीको शेयर कारोबार थालिएको हो ।
गत फागुन २३ गते बाँडफाँड गरिएको उक्त आईपीओ सहित बैशाख १९ गते बिहीबार कम्पनीले नेप्सेमा कूल ९६ लाख २५ हजार साधारण शेयर सूचीकरण गराएको थियो।
नेप्सेले पाँचथर पावरको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ८६ रुपैयाँ ६२ पैसा देखि अधिकतम २५९ रुपैयाँ ८६ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। शेयर कारोबारका लागि नेप्सेले पिपिसीएल संकेत दिएको छ।
यसअनुसार पिपिसीएल कारोबार संकेतमा तोकिएको ओपनिङ्ग रेञ्जभित्र रहेर कम्पनीको शेयर कारोबार आइतबार सुचारु हुनेछ ।
कम्पनीले गत फागुन १३ गतेदेखि फागुन १६ गतेसम्म सानिमा क्यापिटल मार्फत कूल १७ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियो।
प्रतिक्रिया