मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मा ६० करोड २० लाख खुद नाफा आर्जन गरेको छ । बैंकको यो नाफा गत आर्थिक वर्षको सोही अवधीको तुलनामा ४०.११ प्रतिशतले धेरै हो । गत वर्ष तेस्रो त्रैमासमा ४२ करोड ७५ लाख खुद नाफा गरेको थियो ।
बैंकको खुद नाफामा सुधार आएपछि प्रतिशेयर आम्दानीमा पनि ६ रुपैयाँ १९ पैसाले वढेको छ । गत आवको तेस्रो त्रैमासमा २२ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी २६ रुपैयाँ १९ पैसा पुगेको हो । प्रति सेयर आम्दानी जती धेरै भयो त्यो कम्पनीको सेयरमा लगानी गर्न उती राम्े हो । बैंकको व्यवसायको आकार विस्तार भएपनि खुद ब्याज आम्दानी बढेको छ । बैंकको प्रतिशेयर आम्दानी सहित समग्र वित्तीय सुचकमा उल्लेख्य सुधार आएको छ ।
यस अवधिमा बैंकले खुद ब्याज आम्दानी ४६.२६ प्रतिशतले बढेर एक अर्ब २९ करोड पुगेको छ । गत आवको ९ महिनामा बैंकल ८८ करोड २८ लाख खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको चुक्ता पूँजी ३ अर्ब ६ करोड ४७ लाखे छ भने सञ्चित कोषमा ३४ प्रतिशतले सुधार गर्दै एक अर्ब ५ करोड सञ्चित गरेको छ । बैंकले ४१ अर्ब ८० करोड निक्षेप संकलन र एक अर्ब २२ करोड सापटीबाट ३६ अर्ब ४५ करोड कर्जा परिचालन गरेको छ । यस अवधिमा बैंकले निक्षेप ७० प्रतिशत र कर्जा लगानी ६५ प्रतिशतले बढाएको हो ।
बैंकको निष्क्रिय कर्जा अनुपात ०.०३ प्रतिशत पुगेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ३३ पैसा तथा मूल्य आम्दानी अनुपात १३.६७ गुणा बढी छ ।
प्रतिक्रिया