विग मर्जरको सुरुवातले साना बैंकमा लगानीकर्ताको आकर्षण

0
Shares

शेयर बजारमा सूचीकृत ठूला बैंकहरुबीच मर्जर तथा एक्वायरको चर्चा चलिरहदा शेयर बजारका लगानीकर्ता भने साना बैंक तथा वित्तीय संस्थाप्रति आकर्षित बनेका छन् ।

बैंकहरु मर्जरमा जादा लामो समय कारोबार रोक्का हुने भएपछि लगानीकर्ताको रोजाईमा साना बैंकहरु देखिएका छन् । अर्कातर्फ कमजोर र साना बैंकहरु ठूला बैंकहरुले उठाउन सक्ने आंशकमा पनि लगानीकर्ता यस्ता कम्पनीतर्फ तानिएका हुन् । साना बैंकहरुलाई ठूला बैंकहरुले उठाउँदा भविष्यमा फाइदा हुने आँकलनमा लगानीकर्ता रहेको पाइएको छ ।

आइतबार नेप्से ४.४५ अंकले घटेर १२५६.०४ विन्दुमा पुगेको छ । १७३ कम्पनीको ५४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो ।
कुल ११ वटा समूहको सेयर कारोबार भएकामा ६ समूहका सूचक बढेका छन् भने बाँकी समूह नकारात्मक देखिएका छन् । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक ३८.३२ अंकले बढेको छ । यता, वाणिज्य बैंक समूहको सूचक ६.७ अंकले घटेको छ ।

कारोबार रकममा सिभिल बैंकले अग्रता लिएको छ । सिभिलको ५ करोड ७९ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको हो । स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै ९.८६५ ले कमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन् ।

प्रकाशित मिति: २२ असार २०७६, आइतबार  १५ : ५२ बजे