चिलिमे जलबिद्युतको खुद नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षमा चिलिमेले ७१ करोड ५७ लाख खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा २१ करोड २६ लाख अर्थात २२.८९ प्रतिशत कम हो ।
अघिल्लो आर्थिक वर्षमा चिलिमेले ९२ करोड ८३ लाखमात्र कमाएको छ । समीक्षा अवधिमा चिलिमेले ११ करोड नाफा कम कमाएको छ ।
कम्पनीको रोयल्टी र कर बढ्न जाँदा त्यसको सिधा असर खुद नाफामा परेको छ ।
कम्पनीले गत असारसम्म विद्युत बिक्रीबाट एक अर्ब १७ करोड आम्दानी गरेको छ । जुन अघिल्लो वर्ष भन्दा चार करोड मात्र बढी हो । यता कम्पनीको रोयल्टी चार सय प्रतिशत तथा कर रकम १५ सय प्रतिशतले बढेको छ । कम्पनीले गतअसारसम्म १२ करोड रोयल्टी तथा १९ करोड करमा खर्च गरेको छ । जसले कम्पनीको संचालन नाफा चार प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।
चिलिमेले निक्षेप रकम बढाएको छ । अघिल्लो वर्ष ७६ करोड रुपैयाँ निक्षेप राखेको कम्पनीले एक अर्ब २५ करोड पुर्याएको छ । ५ अर्ब ९३ करोड बराबर रकम अन्य आयोजनाहरुमा लगानी छ ।
चिलिमेको चुक्ता पूँजी हाल चार अर्ब ७५ करोड रहेको छ भने शेयरधनी जगेडा कोष पनि ४ अर्व ५५ करोड रकम छ । कम्पनीको प्रतिशेयर आम्दानी १५ रूपैया रहेको छ जव कि अघिल्लो बर्ष यही समयमा २३ रूपैया ४१ पैसा थियो । यसैगरी प्रतिशेयर नेटवर्थ पनि २२४ बाट १९५ रूपैयाँमा पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ३४ गुणा छ ।
चिलिमेले रसुवामा २२ मेगावाटको आयोजनाबाट विद्युत उत्पादन गर्दै आएको छ भने रसुवा, नुवाकोट र सिन्धुपाल्चोकमा २७० मेगावाटका आयोजनाहरू बनाई रहेको छ । ती आयोजनाहरूमा ४० प्रतिशत हिस्सेदारी छ । कम्पनीले ती आयोजनाहरुमा ५ अर्ब ९३ करोड लगानी गरेको छ ।
प्रतिक्रिया