एनआईसी एशिया बैंकले लाभांश पारित गर्न बोलायो साधारण सभा

0
Shares

एनआईसी एशिया बैंकले गत अर्थिक वर्षको लाभांश वितरण पारित गर्न असोज १० गते शुक्रबार २२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ११.०५२६ प्रतिशत नगद लाभांश गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

हाल ८ अर्ब ८३ करोड ४२ लाख चुक्ता पूँजी रहेको बैंकको बोनस पश्चात चुक्ता पूँजी ९ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ।

साधारणसभा प्रयोजनको लागि बैंकले भदौ २९ गतेदेखि शेयरधनी दाखिला खारेज (बुकक्लोज) गर्ने भएकाले भदौ २८ गतेसम्म बैंकको शेयर खरिद गरी शेयरधनी कायम भएकाहरुले मात्र लाभांश पाउनेछन्।

प्रकाशित मिति: १९ भाद्र २०७६, बिहिबार  १३ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।