एनसीसीको बैंकको एजीएम आज, लाभांश लगायतका यस्ता छन अन्य एजेण्डा

0
Shares

नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको आज बीसौं र एक्काइसौं वार्षिक साधारण सभा एकसाथ गर्दैछ । साधारण सभा बिहान ११ बजे राष्ट्रिय सभा गृह काडमाडौंमा हुनेछ ।

साधारण सभाले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट शेयरधनीलाई १५.८९ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पूँजी ७ अर्ब १ करोड ८५ लाख रुपैयाँको १ अर्ब ११ करोड ५२ लाख ५३ हजार ५२२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । बोनसपछि पूँजी ८ अर्ब १३ करोड ३८ लाख रुपैयाँ पुग्नेछ ।

साथै साधारण सभाले सहायक कम्पनी खडा गरेर ब्रोकरको काम गर्ने, एफपीओ ल्याउन तथा धितोपत्र निक्षेप लगायतका काम गर्न बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा समेत पारित गर्नेछ यसैगरी उपयुक्त बैंक–वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसन गर्न एवं वैदेशिक रणनीतिक साझेदारी भित्र्याउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेश हुनेछ ।

त्यस्तै, साधारण सभाले बैंक सञ्चालक समितिको निर्वाचन पनि गर्नेछ ।साधारण सभा प्रयोजनका लागि बैंकले साउन २६ गते बुक क्लोज गरेको छ । साउन २३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन तथा लाभांश पाउनेछन् ।

प्रकाशित मिति: २३ भदौ २०७६, सोमबार  ०७ : ४३ बजे