एटिएम ह्याक प्रकरणपछि बैंकिङ प्रविधि र साइबर सुरक्षाको बिषयमा राष्ट्र बैंक गम्भिर

0
Shares

नेपाल राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारीहरुसँग बैंकिग प्रणालीको प्रविधि र साइबर सुरक्षाको बिषयमा छलफल गर्ने भएको छ ।

राष्ट्र बैंकले दिउँसो साढे २ बजे छलफलका लागि वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीका प्रमुख कार्यकारीहरुलाई बोलाएको छ ।

एटिएम ह्याक प्रकरणपछि बैंकिङ प्रणालीलाई साइबर आक्रमणबाट कसरी सुरक्षित बनाउने भन्ने बिषयमा छलफल गर्न लागेको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी दिए ।

अघिल्लो शुक्रबार र शनिबार नेपालका विभिन्न बैंकका एटीएम बुथहरु ह्याकगरी चिनियाँ ह्याकरहरुले करोडौ रुपैयाँ चोरी गरेका थिए । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को स्वीच ह्याक गरी ह्याकरहरुले बैंकहरुको एटीएम बुथमा भएको पैसा चोरी गरेका थिए ।

चिनीयाँ ह्याकरहरुले नेपालबाट १ करोड ८९ लाख ४४ हजार रुपैयाँ र नेपालका कार्ड प्रयोगगरी भारतबाट १ करोड ५ लाख ८७ हजार २ सय रुपैयाँ चोरी गरेका थिए ।

एटिएम ह्याक बारे गरिएको प्राविधिक परिक्षण (फरेन्सिक टेस्ट) प्रतिवेदन बारे पनि छलफलमा जानकारी गराएने छ ।

 

प्रकाशित मिति: २३ भदौ २०७६, सोमबार  ०८ : १८ बजे