राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच आरटीजीएस सम्झौता

0
Shares

नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली लागू गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ।

नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौता भएपश्चात ग्राहकले वास्तविक समयमा नै एक बैंकबाट अर्को बैंकको जुन सुकै खातामा रकम भुक्तानी गर्न सक्नेछन्। रकम पठाउने ब्यक्तिले बैंकको कुनै पनि शाखामा एउटा निवेदन लेखेर दिएपछि सोही समयमा नै अर्को बैंकको खातामा रकम जम्मा हुनेछ।

राष्ट्रिय वाणिज्य बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २ सय ३६ वटा शाखा कार्यालय, २०५ वटा एटिएम, ९३ वटा शाखारहित बैंकिङ्ग सेवा रहेको छ । चालु आ।व।२०७५/०७६ को चौथो त्रैमासिक अवधिसम्म बैंकले १ खर्व ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४४ अर्व रुपैयाँ कर्जा लगानी गरी ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा कमाएको छ।

उक्त समारोहमा नेपाल राष्ट्र बैंकका निर्देशक आनन्द पौडेल, उपनिर्देशक टेकराज भण्डारी, राष्ट्रिय वाणिज्य बैंकका उप–कार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, विभागीय प्रमुख लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २३ भदौ २०७६, सोमबार  १६ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।