प्रभु बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
बैंकले प्रस्तावित लाभांश पारित गर्न मंसिर ६ गते बार्षिक साधारणसभा बोलाएको छ भने कार्तिक २६ गते बुक क्लोज मिति तय गरेको छ । जस अनुसार कार्तिक २५ गतेसम्म कायम बैंकका शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।
बैंकले शेयरधनीहरुलाई चुक्ता पूँजी ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार ७०६ रुपैयाँको १६ प्रतिशतले हुन आउने १ अर्ब ४२ करोड २८ लाख २७ हजार ९५३ रुपैयाँ बराबरको बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.८४ प्रतिशतले हुन आउने ७ करोड ४८ लाख ८५ हजार ६८२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति तथा बैंकको १८ औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीहरुले पाउनेछन्। प्रस्तावित बोनस पूँजीकरण पश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया