प्रभु बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
बैंकले प्रस्तावित लाभांश पारित गर्न मंसिर ६ गते बार्षिक साधारणसभा बोलाएको छ भने कार्तिक २६ गते बुक क्लोज मिति तय गरेको छ । जस अनुसार कार्तिक २५ गतेसम्म कायम बैंकका शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।
बैंकले शेयरधनीहरुलाई चुक्ता पूँजी ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार ७०६ रुपैयाँको १६ प्रतिशतले हुन आउने १ अर्ब ४२ करोड २८ लाख २७ हजार ९५३ रुपैयाँ बराबरको बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.८४ प्रतिशतले हुन आउने ७ करोड ४८ लाख ८५ हजार ६८२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति तथा बैंकको १८ औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीहरुले पाउनेछन्। प्रस्तावित बोनस पूँजीकरण पश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ पुग्नेछ।







