हकप्रद र मर्जरको एजेन्डा राखेर सबैको लघुवित्तले लाभांश पारित गर्न बोलायो साधारण सभा

0
Shares

सबैको लघुवित्तले गत आर्थिक बर्षको लाभांश सहितका प्रस्ताव पारित गर्न मंसिर २१ गते शनिवार बन्दीपुरको मर्स्याङ्दी भ्यु रिसोर्टमा बार्षिक साधारण सभा आह्वान गरेको छ ।

उक्त साधारण सभाले आर्थिक बर्ष ७५/७६ सम्मको मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद लाभांश गरि कुल १३.६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी १६ करोड ५० लाख रहेको छ । बोनसपछि कम्पनीको चुक्ता पूँजी १८ करोड ६४ लाख पुग्ने छ । त्यस पश्चात कायम पूँजीको एक बराबर एकको अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ ।

यसैगरी वित्तीय विवरणहरु पारित गर्ने, आवश्यकता बमोजिम प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, सर्वसाधारण समुह तर्फबाट २ जना संचालक नियुक्त गर्ने, मर्जर र प्राप्तिको लागि संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव साधारण सभाबाट पारित गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर ५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर ४ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रकाशित मिति: २५ कात्तिक २०७६, सोमबार  ०९ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।