नागबेली लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९५ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत बर्षको यसै अवधिको तुलनामा १४२.१६ प्रतिशतले बढेको हो ।
गत आर्थिक बर्षको यसै अवधिमा लघुवित्तले ३९ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी उच्चदरले बढेपछि कम्पनीको संचालन नाफा तथा खुद नाफा पनि उच्च रुपमा बढेको हो ।
असोज मसान्तसम्म ३४ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले १ अर्ब २ करोड ७२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा ४७ करोड ३६ लाख सापट लिएको छ । यसबाट बैंकले २ करोड ८४ लाख खुद ब्याज आम्दानी गरेको छ ।
संस्थाको चुक्ता पूँजी १६ करोड ७६ लाख रुपैयाँ रहेको छ भने, रिजर्भ कोषमा ८ करोड ६० लाख ३७ हजार रुपैयाँ छ । बैंकको नाफा उच्च दरले बढ्दा प्रतिशेयर आम्दानी समेत सुधार आएको छ । बैंकको प्रति शेयर आम्दानी २२ रुपैयाँ ७५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ३१ पैसा छ ।
कम्पनीले खराब कर्जाको आकार ४.०९ प्रतिशतबाट घटाएर २.०६५ मा झारेको छ ।कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २६ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ ।
प्रतिक्रिया