गुहेश्वरी फाइनान्सले यसपटक पनि नगद लाभांश मात्रै वितरण गर्ने

0
Shares

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको छ। कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।

कम्पनीले हाल कायम ८० करोड रुपैयाँ चुक्ता पुँजीबाट ५ करोड २० लाख रुपैयाँ नगद बाँड्न लागेको हो । ।

तोकिएको चुक्तापूँजी पु्र्याएपछि फाइनान्सले नगद लाभांशमा जोड दिदै आएको छ । गत वर्ष पनि कम्पनीले ५.२६ प्रतिशत नगद लाभांश दिएको थियो ।

प्रकाशित मिति: २५ कात्तिक २०७६, सोमबार  १३ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।