आइसीएफसी फाइनान्सले गत आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ।
फाइनान्सको चालु आर्थिक बर्षको पहिलो तीन महिनामा ३ करोड ५ लाख खुद नाफा गरेको छ । जुन अघिल्लो बर्षको भन्दा यसै अवधिको तुलनामा ३०.३९ प्रतिशत कम हो । गत आर्थिक वषको यसै अवधिमा फाइनान्सले ४ करोड ३९ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी बढेपनि कोषको लागत बढ्नुका साथै खराब कर्जा र अन्य खर्चहरु बढ्दा संचालन नाफामा समेत गिरावट आएको छ ।
८८ करोड २१ लाख ७२ हजार रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सले २१ करोड ७४ लाख ६७ हजार जगेडा कोषमा जम्मा गरेको छ। जुन गत आवको यसै अवधिको तुलनामा ८९.१७ प्रतिशत बढी हो।
फाइनान्सले यस अवधिसम्म ११ अर्ब ५ करोड ३८ लाख निक्षेप सङ्कलन गरी ८ अर्ब ३६ करोड ६२ लाख कर्जा प्रवाह गरेको छ। यसबाट फाइनान्सले १० करोड ७९ लाख ५५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
फाइनान्सको प्रतिशेयर आम्दानी ६९ पैसाले घटेर १३ रुपैयाँ ८६ पैसामा झरेको छ । प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ छ । निष्क्रिय कर्जा ०.१४ प्रतिशतबाट बढेर ०.२८ प्रतिशत पुगेको छ। मूल्य आम्दानी अनुपात ११.४७ गुणा कायम रहेको फाइनान्सको आधारदर १०.९८ प्रतिशत रहेको छ।
फाइनान्स २० करोड रुपैयाँ बराबरको ऋणपत्र ल्याउने तयारीमा छ। फाइनान्सले ७ वर्ष अवधिको ‘१२ आइसीएफसी डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।
प्रतिक्रिया