सुनको मूल्य २ सय रुपैयाँले वढ्यो


साताको दोस्रो दिन आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । शुक्रबार केही घटेको सुनको मूल्य आइतबार र सोमबार पुनः उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले वृद्धि भएको छ । महासङ्घले सोमबारका लागि छापावाल सुनको प्रतितोला ७१ हजार २०० रुपैयाँ निर्धारण गरेको छ । यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला २०० रुपैयाँले वृद्धि भई ७० हजार ९०० रुपैयाँ पुगेको छ ।

आज छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यस्तै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । चाँदी ५ रुपैयाँले वृद्धि भई प्रतितोला ८४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २५ कात्तिक २०७६, सोमबार  १७ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।