सुन प्रतितोला २०० ले घट्यो

0
Shares

साताको दोस्रो दिन आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला ५०० ले घटेको सुनको मूल्य आज पनि प्रतितोला २०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार तोकेको छ । आइतबार छापावाला सुन प्रतितोला ७१ हजार २०० मा खरिदबिक्री भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ७० हजार ७०० कायम गरिएको छ । आइतबार तेजाबी सुनको प्रतितोला ७० हजार ९०० मा कारोवार भएको थियो । स्थानीय बजारमा चाँदीको मूल्य पनि ओरालो लागेको छ ।

महाससङ्घले चाँदीको मूल्य प्रतितोला ८३५ निर्धारण गरेको छ । आइतबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला पाँचले घटेको हो ।

प्रकाशित मिति: २३ मंसिर २०७६, सोमबार  १३ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।