पाँच कम्पनीको लिलामीको ऋणपत्रमा आवेदन गर्ने आज अन्तिम दिन

0
Shares

एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–१ ले मंसिर २० गते लिलामीमा राखेको १ लाख ७४ हजार कित्ता ऋणपत्रमा आवेदन गर्ने आज अन्तिम दिन हो । कम्पनीले पाँच योजनाको ऋणपत्र बिक्रीमा राखेको छ।

एनएमबि शुलभले यस अघि लिलामीमा राखेको ऋणपत्र बिक्री नभएपछि. मूल्य घटाएर दोस्रो पटक लिलाम बढाबढमा बिक्रीमा ल्याएको हो। एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–१ परिपक्क भएपछि कम्पनीले आफ्नो स्वामित्वका ऋणपत्र बिक्री गर्न लागेको हो ।

एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड–१ ले आफ्नो स्वामित्वमा रहेका ११% एनआईसी एसिया डिबेञ्चर २०८२/८३ को ६० हजार इकाई न्यूनतम १००१ रुपैयाँ, १०.५% एसबीएल डिबेञ्चर २०८२ को ५० हजार इकाई न्यूनतम ९७५ रुपैयाँ, १०% सानिमा डिबेञ्चर २०८५ को ५० हजार इकाई न्यूनतम ९६३ रुपैयाँ, ८% बीओके डिबेञ्चर २०७९ को १० हजार इकाई न्यूनतम ९२७ रुपैयाँ, र ८% इबीएल डिबेञ्चर २०७८ को ४ हजार इकाई न्यूनतम ९३५ रुपैयाँ देखि बढाबढ मूल्यमा खरीद गर्न सक्नेगरि बिक्रीमा ल्याएको हो।

लिलामीको ऋणपत्रमा न्यूनतम १ हजार इकाइ वो सोभन्दा बढी १०० अंकले भाग जाने संख्यामा वा अधिकतम सम्पूर्ण इकाई खरीदका लागि आवेदन बोलपत्र पेश गर्न सकिनेछ।

गत कार्तिक २ गते योजनाको अवधि परिपक्क भएपछि इकाईधनीले रकम फिर्ता गर्न फण्डले सो ऋणपत्र बिक्री गर्न लागेको हो।

यस लिलामीमा सर्वसाधारण व्यक्ति, फर्म, कम्पनी र संस्थाहरुले एनएमबि क्यापिटल नागपोखरी, काठमाडौंबाट आवेदन दिन सकिनेछन् । इच्छुक आवेदकले मंसिर २६ गतेसम्म बोलपत्र फारम बुझाउनुपर्नेछ । एक व्यक्ति वा कम्पनीले एउटा मात्र आवेदन पेश गर्न सक्नेछन् । बोलपत्र मंसिर २७ गते बिहान १० बजे खोलिनेछ ।

प्रकाशित मिति: २६ मंसिर २०७६, बिहिबार  ०८ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।