सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षसम्मको वितरण योग्य सञ्चित मुनाफाबाट १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
मंसिर २५ गते बसको कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
संचालक समितिले प्रस्ताव गरेको लाभांश पारित गर्न हाइड्रोपावरले पुस २७ गते आठौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस ७ गते एक दिन बुकक्लोज गर्ने भएको छ। जस अनुसार पुस ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्।











प्रतिक्रिया