मञ्जुश्री फाइनान्सले घोषणा गर्यो पौने दुई प्रतिशत बोनश, नगद कति ?

0
Shares

मञ्जुश्री फाइनान्सले गत आर्थिक बर्षको कमाईबाट ११.५५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले १.७५ प्रतिशत बोनस र कर प्रयोजन सहित ९.८० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृती पश्चात कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ८० करोड ४० लाख ६० हजार रुपैयाँ छ ।

गत वर्ष मञ्जुश्रीले २.९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित मिति: २६ मंसिर २०७६, बिहिबार  ११ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।