काठमांडौमा आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला हुदै, रोबोटको फुटबल प्रतियोगिता आकर्षण बन्ने


लिभिङ विथ आइसिटीले आउदो पुस ४ र ५ गते काठमाण्डौंमा आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला आयोजना गर्दैछ ।

स्टार्टअप कम्पनीका नयाँ प्रोडक्ट तथा इन्नोभेसनलाइ प्रवद्र्धन, प्रचार र रिकग्नाइज गर्ने उदेश्य सहित आयोजना हुने मेलामा ५० बढि स्टलहरु रहने बताइएको छ ।

विभिन्न प्रदेशमा आयोजना गर्दै आएको आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला यसपटक काठमाण्डौमा आयोजना गरिएको आयोजकले बताएको छ । यस अघि गत बैशाख र जेठमा बिराटनगर, बुटवल र नारायणगढमा मेला आयोजना भइसकेको छ ।

आइटी तथा इन्नोभेसनमा केन्दि«त नयाँ कम्पनी तथा आइटीका विद्यार्थीहरुले सहभागिता जनाउने यस कार्यक्रममा रोबोटहरुको फुटवल प्रतिस्प्रधा समेत हुनेछ ।

नेपालीहरुले बनाएका रकेटदेखि ड्रोन र सफ्टवेयरहरु प्रदर्शनमा राखिनेछ । आइटी रोजगारी सम्वन्धी जब फेयर पनि सञ्चालन हुने उक्त कार्यक्रम काठमाण्डौंको थापागाँउ स्थित प्रेसिडेन्टियल विजनेश स्कुलको ग्राउण्डमा आयोजना हुनेछ । १० हजार बढीले मेलाको अवालोकन गर्ने अपेक्षा आयोजकको छ ।

कार्यक्रमको पहिलो दिन इमर्जिङ टेक्नोलोजिज (एआई, आइओटी, क्लाउड टेक्नोलोजिज) मा वर्कशप सञ्चालन हुनेछ । दाश्रो दिन स्टार्टअप र उद्यमशिलताको विषयमा कन्फ्रेन्स सञ्चालन हुने छ । वर्कशप, कन्फ्रेन्स र रोबोट प्रतिस्प्रधामा भाग लिन अनलाइन रजिस्ट्रर गर्नुपर्ने तर प्रदर्शनी अवलोकन सबैलाई निशुल्क गरिएको छ ।

यस कार्यक्रमले सरकारलाई स्टार्टअप तथा युवाहरुमा गर्नुपर्ने लगानी, सुविधा र वातावरणको लागि घच्घच्याउने छ भने उद्यमशिलतालाई प्रवद्धन गर्न सघाउने आयोजक समितिका संयोजक राजन लम्सालले बताए । लिभिङ विथ आइसिटीले विगत ५ वर्षदेखि आइसिटी अवार्ड कार्यक्रम समेत आयोजना गर्दै आएको छ ।

स्टार्टअप मेलाको शिर्ष प्रयोजन एआइमा काम गर्ने कम्पनि ’फयुज मेसिंस’ ले गरेको छ । कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, रोबोटिक्स क्लब अफ एसोसिएसन, साइन्स टिचर्स एसोसिएसन, सिएसआइटी एसोसिएसन, टेक्नोरियो, नियर, कनेक्ट आइपिएस, ब्रोडवे इन्फोसिस, लगायतका संघसस्थाहरुको सहकार्य तथा सहयोग रहेको छ ।

प्रकाशित मिति: २६ मंसिर २०७६, बिहीबार  १२ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।