शिवम् सिमेन्ट्सको खुद नाफा करिब ३० प्रतिशत घट्यो

0
Shares

शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) को खुद नाफा २९.८८ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको तुलनामा कम्पनीको व्यवापर घटेसँगै मुनाफा प्रभावित भएको हो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ४६ करोड १२ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आवको यसै अवधिको तुलनामा १९ करोड ६५ लाख रुपैयाँ कम हो।

चुक्ता पूँजी ४ अर्ब ४० करोड रहेको यस कम्पनीको प्रतिशेयर आम्दानी ९.८३ रुपैयाँले घटेर २० रुपैयाँ ९७ पैसा कायम भएको छ। कम्पनीको शेयर प्रिमियममा ९४ करोड २ लाखर शेयरधनी कोषमा ३ अर्ब ६४ लाख रुपैयाँ छ।

पुस मसान्तसम्ममा मूल्य आम्दानी अनुपात २३.३६ गुणा र प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ ७० पैसा कायम भएको छ। पुस मसान्तसम्ममा कम्पनीले ब्यापारबाट ४ अर्ब ६९ करोड ५६ लाख रुपैयाँ सञ्चालन आम्दानी गर्दा खर्च ३ अर्ब १३ करोड १० लाख रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको आम्दानी १०.१३ प्रतिशतले घट्दा खर्च पनि ६.६३ प्रतिशतले घटेको छ ।

गत आवको यसै अवधिमा कम्पनीले ब्यापारिक आय ५ अर्ब २२ करोड ४७ लाख थियो भने खर्च ३ अर्ब ३५ करोड ३४ लाख रहेको थियो। कम्पनीको अन्य आम्दानी १ करोड ११ लाख रुपैयाँ छ। जुन गत आवको यसै अवधिको तुलनामा १३ लाख रुपैयाँ कम हो।