माउण्टेन इनर्जीको आईपीओलाई केयर रेटिङ नेपालको ग्रेड ४ रेटिङ

-नोटबजार संवाददाता।
काठमाण्डौं
१५फाल्गुन, २०७६, बिहीबार / Feb 27, 2020 07:07:am

माउण्टेन इनर्जी नेपालले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

कम्पनीले ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासन गर्नको लागि रेटिङ गराएको हो । ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

कम्पनीले स्थानिय बासिन्दाका लागि १९ लाख ६८ हजार २७ कित्ता आईपीओ र सर्वसाधारणको लागि १९ लाख ६८ हजार २७ कित्ता गरेर कुल ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासन गर्न निवेदन दिएको हो ।

कम्पनीको विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा २०७५ फागुन २६ गते निवेदन दिएको थियो ।


Share on:


Comments