डिप्रोक्स लघुवित्त वित्तीय संस्था (DDBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा गत आवको तुलनामा ब्याज आम्दानी बढाएपनि लकडाउनका कारण बढेका खराब कर्जा वापतको नोक्सानी व्यवस्था, कर्मचारी र सञ्चालन खर्च वृद्धिले खुद नाफा भने ८ प्रतिशत घटेको छ।
चैत मसान्तसम्ममा लघुवित्तले २६ करोड ४२ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ।जबकी लघुवित्तले गत आवको यसै अवधिमा २८ करोड ७२ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको थियो।
चुक्ता पूँजी एक अर्ब ५४ लाख ३३ हजार रुपैयाँ रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ३५.०४ रुपैयाँमा झरेको छ। गत आवको यसै अवधिमा लघुवित्तको इपिएस ४९ रुपैयाँ ५२ पैसा रहेको थियो।
लघुवित्तको जगेडा कोषको आकार ६४ करोड २८ लाखबाट बढेर ८२ करोड ३८ लाख रुपैयाँ पुगेको छ। यससँगै लघुवित्तको प्रतिशेयर नेटवर्थ १६३.९४ रुपैयाँ र मूल्य आम्दानी अनुपात २१.६६ गुणा कायम भएको छ।
चैत मसान्तसम्ममा लघुवित्तले ४ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ निक्षेप संकलन र ६ अर्ब ६५ करोड ३६ लाख विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट सापटी लिएर १२ अर्ब ६ करोड ८१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
यसबाट चैत मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ८ करोड ३६ लाख रुपैयाँ बढेर ६६ करोड ७६ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ। खराब कर्जा नोक्सानी वापत २२ करोड बढी ब्यवस्था गरेपश्चात लघुवित्तको सञ्चालन नाफा भने ३८ करोड ७२ लाख रुपैयाँबाट १२ करोड ५२ लाख रुपैयाँ घटेर २६ करोड २० लाख ३० हजार रुपैयाँमा झरेको छ।
गत चैतमा ०.८८ प्रतिशत रहेको लघुवित्तको लकडाउनका कारण कर्जा असुली लगायतका कामहरु ठप्प हुँदा खराब कर्जा बढेर २.५८ प्रतिशत पुगेको हो। यस अवधिमा कम्पनीले १७ करोड रुपैयाँ पुरानो खराब कर्जा असुली पश्चात लघुवित्त केही सहज अवस्थामा पुगेको हो।
प्रतिक्रिया