शनिबार विहान ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४८

0
Shares

शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार कपिलवस्तु ,सर्लाही, बारा, रुपन्देही र चितवनमा नयाँ संक्रमित फेला परेका हुन्। यो सहित संक्रमित हुनेको कूल संख्या ५४८ पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तुको बाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षीय पुरुष र २७ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै सर्लाहीको गोडैता कविलासी नगरपालिकामा १८ वर्षिय एक जना २० वर्षीय तीनजना, २१, २२, २३, एक/एक जना २६ वर्षीय दुईजना, २८, ३३ एक/एक जना र ३५ वर्षीय दुईजना पुरुषमा संक्रमण देखिएको छ।

बाराको करैयामाइ गाउँपालिकामा ३७ वर्षीया महिला र काठमाडौंमा ३५ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा २० वर्षीय दुईजना, २४ वर्षीय दुईजना, २७ वर्षीय, ३० वर्षीय दुईजना र ५० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ५२ वर्षीय पुरुषमा संक्रमण देखिएको छ।

प्रकाशित मिति: १० जेठ २०७७, शनिबार  ०८ : ५१ बजे