नेपाल पुनर्बीमा कम्पनीको १० करोड कित्ता शेयर अभौतिकीकरण, बजार खुल्नासाथ कारोबारमा आउने

0
Shares

सीडीएस क्लियरिङ लिमिटेड (सीडीएस) ले नेपाल पुनर्बीमा कम्पनीको १० करोड कित्ता शेयर सीडीएसमा कारोबार हुन सक्ने गरी अभौतिकीकरण गरिएको बताएको छ ।

सीडीएसले १ करोड ६० लाख कित्ता सर्वसाधारण शेयर र ८ करोड ४० लाख कित्ता संस्थापक शेयरसमेत गरी १० करोड कित्ता साधारण शेयर धितोपत्र सम्वन्धि ऐन २०६३ तथा सो अन्तर्गतका नियम तथा विनियम वमोजिम सीडीएसमा अभौतिकीकरण गरिएको बताएको छ । 

कोरोना संक्रमण सुरु भएको समयमा नै कम्पनीले गत चैत ४ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ करोड ६० लाख कित्ता आइपीओ जारी गरेको थियो।

जसमध्ये ७३ हजार ५ सय कित्ता शेयर कर्मचारीहरुलाई र ८ लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सर्वसाधरणलाई बिक्री गरिएको थियो ।

लकडाउन कै बिचमा बाँडफाँड गरिएको शेयर २७ हजार ७ सय ४८ जनाले १० कित्ता, १५ हजार ५ सय ९० जनाले २० कित्ता, १२ हजार ७ सय २३ जनाले ३० कित्ता र २० हजार ९ सय २९ जनाले ४० कित्ता पाएका थिए ।

५० देखि १० हजार कित्तासम्मको लागि आवेदन दिने ३ लाख १३ हजार ६ सय ४८ जनाले पनि ४० कित्ता शेयर पाएका थिए । सोहीमध्येबाट गोलाप्रथा मार्फत ७७ हजार २ सय ४५ जनाले थप १० कित्ता शेयर पाएका थिए । ७७ हजार २ सय ४५ जनाले अधिकतम ५० कित्ता शेयर पाएकोमा पुनर्बीमा कम्पनीको शेयर पाउने कुल शेयरधनीको संख्या ३ लाख ९० हजार ६ सय ३८ छ ।