समस्याग्रस्त संस्थाबाट पुनरजीबन प्राप्त गरी नियमित सञ्चालनमा आएपछि नेपाल फाइनान्स लिमिटेड (NFL) ले भदौ ११ गते एकैपटक आठ आर्थिक वर्षको साधारण सभा आह्वान गरेको छ।
फाइनान्स सञ्चालक समितिको साउन १६ गते शुक्रबार सम्पन्न ३२५ औं बैठकले कम्पनीले २० औंदेखि २७ औं साधारण सभा एकैचोटी बोलाएको हो । सभा भदौ ११ गते बिहीबार, एल्लो प्यागोडा होटल कान्तिपथ, काठमाडौँमा बिहान ११ बजे डाकिएको छ।
साधारण सभाले चुक्ता पूँजी ३० करोड ५५ लाख ५१ हजार १२५ रुपैयाँको १७५ प्रतिशत बराबरको ५३ लाख ४७ हजार १४ हजार ४६८ रुपैयाँको हकप्रद प्रस्ताव अनुमोदन गराउँदैछ। यसअघि नै २०७४ फागुन २९ गते सम्पन्न साधारण सभाबाट पारित १२५ प्रतिशत ((१६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता)) हकप्रद हाल धितोपत्र बोर्डको पाइपलाईनमा रहेको छ। साधारण सभामा पाइपलाईनमा रहेको हकप्रद पछि कायम हुने पूँजीको फेरि १७५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव आगामी लैजान लागिएको हो।
यसैगरी पुसबाट कारोबार गरेको लकडाउनको बीचमा पनि २१ करोड निक्षेप संकलन गरी १२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। यसबाट फाइनान्सले ३ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उद्धव थपलियाले नोटबजारलाई जानकारी दिए।
साउन १६ गते सम्पन्न ३२५ औं सञ्चालक समितिको बैठकले २ जना सञ्चालक समेत चयन गरेको छ। यस्तै बैठकले संस्थापक शेयरधनीको तर्फबाट रोजीना श्रेष्ठ र स्वतन्त्र सञ्चालकमा आनन्दकृष्ण ताम्राकार चयन गरेको सीईओ थपलियाले बताए।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आठ आर्थिक वर्षको वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्नेछ भने सो वर्षहरुको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरूमाथि पनि छलफल गरी पारित गर्ने एजेण्डा राखिएको छ।
साधारण सभा प्रयोजनका लागि फाइनान्सले साउन २६ गते शेयर दाखिला खारेज बन्द (बुकक्लोज) मिति तोकेको छ । यसअनुसार साउन २५ गतेसम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन्।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया