शिखर इन्स्योरेन्स (SICL) का शेयरधनीले अघिल्लो आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट कुनै पनि बोनस वा नगद लाभांश नपाउने भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले आव २०७५/०७६ को नाफाबाट लाभांश वितरण नगरी जगेडा कोष कायम गर्ने निर्णय गरेको छ ।
असोज ५ गते सम्पन्न सञ्चालक समितिको २३२ औं बैठकले बीमा समितिबाट जारी निर्जीबन बीमा गर्ने बिमकको वित्तीय विवरण सम्बन्धी निर्देशन बमोजिम आर्थिक वर्ष २०७५/०७६ को वित्तीय विवरण तथा एनएफआरएस बमोजिमको वित्तीय विवरण पारित गरी बीमा समितिको स्वीकृतिको लागि बीमा समितिमा पेश गर्ने निर्णय गरेको छ ।
बीमा समितिले लागू गरेको एनएफआरएस प्रणाली अन्तर्गत कम्पनीले ठूलो रकम व्यवस्था तथा जगेडामा खर्चनुपर्ने भएपछि कम्पनीका शेयरधनीहरुको हात खाली हुने भएको हो । अघिल्लो आव २०७४/७५ बाट पनि कम्पनीले कुनैपनि लाभांश वितरण गरेको थिएन । गत असार मसान्तको विीय विवरण अनुसार शिखर इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब पाँच करोड तथा जगेडा कोषमा ८३ करोड ६३ लाख ३६ हजा रुपैयाँ सञ्चित छ ।
बीमा समितिबाट जारी गरिएको निर्जीबन तथा पुनर्बीमा व्यवसाय गर्ने बिमकको बिमाङ्कीय मूल्याङ्कन सम्बन्धी निर्देशिका बमोजिम कम्पनीको आव २०७६/७७ को वित्तीय विवरणहरु सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष पेश गर्ने समेत निर्णय गरेको छ ।
साथै कम्पनीले विद्यमान कोरोना संक्रमण नियन्त्रणका लागि स्थानीय निकायबाट जारी निर्देशनलाई मध्यनजर गर्दै आव २०७६/७७ को वित्तीय विवरणहरुको बीमा सकितिबाट सैद्दान्तिक सहमति पश्चात एनएफआरएस बमोजिमको वित्तीय विवरण समेत बीमा समितिबाट स्वीकृती लिई दुबै आवको वार्षिक साधारण सभा चाँडोभन्दा चाँडो गर्न कम्पनी तयार रहेको कम्पनी सचिव सुरज राजवाहकले जानकारी दिए ।
बीमा समितिले लागू गरेको नेपाल फाइनान्सियल रिर्पोटिङ्ग स्ट्याण्डर्ड (एनएफआरएस) अनुरुप नियमनकारी व्यवस्थापछि जगेडा तथा व्यवस्थाहरु कायम गर्नुपर्ने हुँदा धेरै कम्पनीहरुले शेयरधनीलाई लाभांश वितरण गर्न कठिनाइ देखिएको छ । यहि व्यवस्थाका कारण खुद नाफा भएपनि आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट पनि धेरै कम्पनीले लगानीकर्तालाई प्रतिफल वितरण गर्न सकेका थिएनन् ।
बीमा समितिको निर्जीबन बीमा गर्ने बिमकको वित्तीय विवरण सम्बन्धि निर्देशन र एनएफआरएस बमोजिमको वित्तीय विवरण बीमा समितिबाट स्वीकृत भएपश्चात कम्पनीले दुबै आर्थिक वर्षको साधारण सभा एकैपटक आह्वान गर्ने तयारी गरेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया