प्रधानको टोलीलाई जनकपुरमा विशेष स्वागत, १ र २ प्रदेशबाट जिताउने प्रतिबद्धता


नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको समुह सोमबार २ नम्बर प्रदेशको राजधानी जनकपुरधाम पुगेको छ ।

प्रदेश १ र २ का सबै मतदाताहरुसँग अन्तरकृया गर्ने उद्धेश्यका साथ सोमबार बिहान प्रधान सहितको टोली जनकपुरधाम पुगेको हो । जनकपुर पुगेको टोलीलाई भव्य स्वागत गरिएको छ ।

जनकपुरधाम उद्योग वाणिज्य संघले प्रधानसहित जिल्ला नगर तर्फबाट उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठ र बस्तुगत उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठलाई स्वागत गरेको हो । एशोसिएटतर्फका उपाध्यक्षका उम्मेदवार भने कोरोना संक्रमण देखिएकाले उपचाररत छन् ।

जनपुर धाम उद्योग वाणिज्य संघको आयोजनामा सोमबार नै आयोजना हुने अन्तरकृयात्मक कार्यक्रमलाई प्रधान सहित उपाध्यक्षका उम्मेदवारहरुले सम्बोधन गर्ने कार्यक्रम छ । अहिले कार्यक्रमस्थलमा अनौपचारिक छलफल तथा महासंघको आगामी नेतृत्व चयनका सम्बन्धमा अनौपचारिक छलफल चलिरहेको छ । केही बेरमा औपचारिक कार्यक्रम आयोजना हुँदैछ ।

नेपाल उद्योग वाणिज्य महासंघ २ नम्बर प्रदेशले कार्यक्रमलाई विशेष समर्थन जनाएको छ । चुनावी अभियानका दौरानमा कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधान तथा समुहलाई नै आफशनो लोप्रिय मत दिएर नेतृत्वमा लैजाने प्रतिबद्धा कार्यक्रमका सहभागिहरुले जनाएका छन् । कार्यक्रममा सहभागि जिल्ला नगरका साथै समग्र व्यवसायीहरुले जिल्ला नगरको आशाको केन्द्र किशोर प्रधान र समुहमा रहेको भन्दै ढुक्क भएर अघि बढ्न सुझाव दिएका छन् ।

औपचारिक कार्यक्रमका दौरान वरिष्ठ उपाध्यक्षका प्रत्यासी प्रधानले सबैलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

जनकपुरधामको औपचारिक कार्यक्रमको समापन पश्चात प्रधान सहितको समुह बुटवल हुदै काठमाडौँ फर्कने कार्यक्रम छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।