एनआईसी एशिया क्यापिटलमा ‘एक रुपैयाँ’ मै डिम्याट खाता खोल्न सकिने

0
Shares

एनआईसी एशिया क्यापिटलले ‘अग्रेजी नयाँ वर्ष २०२०’ को अवसरमा ‘एक नेपाली’ ‘एक डिम्याट खाता’ अभियानलाई अझ प्रभावकारी तथा सवै नेपालीलाई समेटनको लागि एक रुपैयाँ मा डिम्याट खाता खोलिदिने व्यवस्था मिलाएको छ ।

क्यापिटलले यहि पौष १६ गते देखि २०७७ साल आषाढ मसान्त सम्म मात्र एक रुपैयाँमा डिम्याट खाता खोलिदिने व्यवस्था मिलाएको जनाएको छ । छ ।

व्यक्तिको सवल आर्थिक भविष्यको लागि लगानीको महत्व साथै डिम्याट खाताको अपरिहार्यतालाई मध्यनजर राख्दै अग्रेजी नयाँ वर्ष २०२० को अवसरमा ‘एक नेपाली’ ‘एक डिम्याट खाता’ ‘एक रुपैयाँ’ भन्ने अभियानको थालनी गरेको क्यापिटलले जनाएको छ ।

एनआईसी एशिया क्यापिटलले आम जनता माझ डिम्याट खाताको पहुच बढाउन देशव्यापी रुपमा विभिन्न कार्यक्रम संचालन गरि “’एक नेपाली’ ‘एक डिम्याट खाता अभियान संचालन गरिरहेको छ ।

एन आई सी एशिया क्यापिटल लिमिटेडले सोहि अभियानलाई थप टेवा पु¥याउन मिति २०७७ आषाढ मसान्त सम्म डिम्याट खाता संचालन वापत लाग्ने पहिलो वर्षको खाता संचालन शुल्क पनि छुट गरेकोे छ । यस अभियानले विशेषतः महिला, बिद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई लगानीका नयाँ अवसरबाट फाईदा लिन सघाउ पु¥याउने क्यापिटलको विश्वास रहेको छ ।

एनआईसी एशिया क्यापिटलले हाल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । साथै एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तरर्गतको सामूहिक लगानीकोष योजना “एनआईसी एशिया ग्रोथ फण्ड” तथा “एनआईसी एशिया ब्यालेन्सड् फण्ड” संचालन गरिरहेको छ ।

प्रकाशित मिति: १६ पुस २०७६, बुधबार  ११ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।