नेपाल भ्रमण बर्ष सुरु भएसँगै शेयर बजारका लगानीकर्ताको ध्यान होटलका शेयरमा पुगेको छ ।
भ्रमण बर्षमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढ्ने हुँदा होटलहरुको कमाई समेत बढ्ने हुँदा शेयर लगानीकर्ताले होटलका शेयर खरिदको क्रम बढाएका छन् ।
होटलका शेयरको माग बढेपछि नेप्से सूचीकृत होटलहरुको शेयर मूल्य बढ्न थालेको छ । बुधबार कारोबार सुरु भएको अढाई घण्टाको अवधिसम्म उच्चदरले शेयर मूल्य बढ्ने कम्पनीमा होटल समूहका कम्पनी देखा परेका छन् ।
दिउँसो साढे एक बजेसम्म होटल समूहको सूचक सबैभन्दा धेरै ६ प्रतिशत धेरैले उकालो लागेको छ । यो समूहको सूचक सय अंक भन्दा माथि उक्लिएको छ । यस अवधिमा सोल्टी होटलको शेयर मूल्य सबैभन्दा धेरै ६.९९ प्रतिशतले उकालो लागेको छ । ओरियन्टल होटलको ६.८३ प्रतिशत तथा तारा गाँउ रेजन्सीको ४.८० प्रतिशतले शेयर मूल्य बढेको छ ।
यसअवधिसम्म उच्च कारोबार हुने कम्पनीको सूचीमा दोस्रो नम्बरमा सोल्टी होटल रहेको छ । आठौं स्थानमा तारागाउँ रेजन्सी छ । शेयर संख्याको हिसाबले पनि सोल्टी होटलको सबैभन्दा धेरै कित्ता किनबेच भएको छ । तारागाँउ पनि उत्कृष्ट दश भित्र परेको छ ।
प्रतिक्रिया