पाम आयलको निर्यात बढ्दा ब्यापार घाटामा सुधार

0
Shares

पछिल्लो समयमा निर्यात वढेको विषयलाइ लिएर अर्थतन्त्रको क्षेत्रमा चर्चा चल्न सुरु भएको छ । विगतको तुलनामा निर्यात वढ्न थालेपनि समग्र अर्थतन्त्र नै सकारात्मक दिशा तर्फ लागेको भन्दै गर्दा आलोचकहरुले भने पाम आयलका कारण वढेको आयात दिर्घकालीन नहुने तर्क गर्ने गरेका छन ।

चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै निर्यातमा देखिएको सुधारले मुलुकको व्यापार घाटा कम हुदै गएको छ । चालु आर्थिक वर्षको सुरुदेखि नै विगतका वर्षहरुको तुलनामा आयात घट्ने तथा निर्यात बढेको कुराले अर्थतन्त्र नै सुधारोन्मुख देखिएको छ ।

चालु आर्थिक वर्षको पाँच महिना अर्थात मंसिरसम्ममा ६ खर्ब ८१ अर्ब रुपैयाँ बरावरको बस्तु तथा सेवा आयात भएको छ । गत वर्षको सोही अवधिमा ६ खर्ब ६ अर्ब रुपैयाँ बरावरको आयत भएको थियो ।

चालु आर्थिक वर्षको पाँच महिनामा ४७ अर्ब ६१ करोड रुपैयाँ बरावरको बस्तु तथा सेवा निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधीमा नेपालवाट ३७ अर्ब ५० करोड रुपैयाँ बरावरको निर्यात भएको छ ।

गत आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४४ खर्ब रुपैयाँ ब्यापार घाटा रहेकोमा चालु आवको यो अवधिमा घटेर ६ खर्ब २८ अर्ब रुपैयाँमा खुम्चिएको छ ।

चालु आवमा आयात ४.२४ प्रतिशतले घटेको छ भने निर्यात २६.९७ प्रतिशतले वढेको छ । यो अवधिमा ब्यापार घाटा ६ प्रतिशतले घटेको छ भने कुल बैदेशिक व्यापार पनि २.४२ प्रतिशतले घटेको छ ।

चालु आवको मंसिरसम्ममा साढे ११ अर्ब रुपैयाँभन्दा धेरैको पाम तेल निर्यात भएको भन्सार विभागले जनाएको छ । गत वर्षको यसै अवधिमा १ अर्ब ३४ करोड रुपैयाँको पाम आयल निर्यात भएको थियो ।

नेपालमा भित्रिने फलाम र स्टीलमात्र होइन, एयर क्राफ्टका सामानहरू, गाडी, इन्धनको पनि आयात घटेको भन्सार विभागले जनएको छ । इन्धनको आपूर्ति कम हुनुमा नेपालमा बिजुलीको आपूर्ति बढ्नु प्रमुख कारण हो भने दोश्रो कारण हो गाडी आयातमा भएको कमी ।

नेपालले चालु आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब २८ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ जुन गत वर्षको तुलनामा २.४२ प्रतिशतले थोरै हो । मुलुकले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा छिमेकी राष्ट्र भारतसँग सबैभन्दा धेरै व्यापार घाटा व्यहोरेको छ । यस अवधिमा नेपालको व्यापार डेनमार्क, नर्बे। मल्दिभ्स् लगायतका केही मुलुकहरुसंग भने सकारात्मक रहेको छ ।

प्रकाशित मिति: १६ पुस २०७६, बुधबार  १५ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।