राष्ट्र बैंकले रिभर्स रिपो मार्फत वित्तीय प्रणालीबाट १० अर्ब खिच्दै

0
Shares

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरेको छ । बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) अत्याधिक भएपछि राष्ट्र बैंकले पुस १७ गते बिहीबार दश अर्ब तरलता प्रशोचन गर्ने भएको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने गरी रिभर्स रिपो जारी गरेको हो। रिपोमा सहभागी हुन चाहने बैंकहरुले बिहीबार दिउँसो २ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले ७ दिनका लागि पुस २४ गते परिपक्व हुने गरी उक्त रिभर्स रिपो जारी गरेकोे हो। यो किन्नका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने छ।

वित्तीय क्षेत्रमा अधिक तरलता भएपछि राष्ट्र बैंकले अन्तर बैंकिङ ब्याजदरलाई नियन्त्रणमा राख्न तरलता प्रशोचन गर्न लागेको हो। तरलता धेरै हुँदा राष्ट्र बैंकले विभिन्न उपकरणहरुको प्रयोग गरेर तरलता प्रशोचन गर्ने गर्दछ भने कमी हुँदा राष्ट्र बैंकले उपकरणबाट तरलता समेत प्रवाह गर्दै आइरहेको छ।

प्रकाशित मिति: १६ पुस २०७६, बुधबार  १७ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।