सम्पत्ति शुद्धीकरणबारे समझदारीपत्रमा हस्ताक्षर


सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण विभाग र प्रहरी प्रधान कार्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

गृहमन्त्री रामबहादुर थापा उपस्थित तथा गृहसचिव प्रेमकुमार राईको रोहवरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराईबीच १२ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीसँगै सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पु¥याउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: १६ पुस २०७६, बुधबार  २२ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।