हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको १०२.६३ प्रतिशत लाभांशमध्ये माघ ५ गते आइतबारदेखि ५२.६३ प्रतिशत नगद लाभांश वितरण थालेको छ ।
कम्पनीले सूचना जारी गर्दै साधारण सभाका लागि बुकक्लोज भन्दा अघिल्लो दिन (मंसिर १३ गतेसम्म) कायम भएका शेयरधनीको हितग्राही खाता ( डिम्याट) मा उल्लेखित बैंक खातामा सोझै नगद लाभांश पठाउन सुरु गरिएको जनाएको हो ।
हालसम्म पनि डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीलाई अद्यावधिक गराएपश्चात मात्र लाभांश वितरण हुने कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।यस्तै शेयरधितो लिएका लगानीकर्ताले सम्बन्धित संस्थाबाट नो अब्जेक्सन लेटर पेश गरेपश्चात मात्र लाभांश वितरण हुने जनाइएको छ।
कम्पनीको पुस १ गतेसम्पन्न १९ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ५० प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनसहित ५२.६३ प्रतिशत नगद लाभांश अनुमोदन गरेको थियो।
कम्पनीको ५० प्रतिशत बोनस शेयर भने नेप्सेमा सूचीकृत भएपश्चात मात्र लगानीकर्तालाई वितरण हुनेछ । बोनस पश्चात कम्पनीको चुक्ता पूँजी ५७ करोड ८४ लाख रुपैयाँ पूँजी कायम हुनेछ।
मदिराजन्य पेय पदार्थ उत्पादन गरेर बिक्री वितरण गर्दै आएको कम्पनीको यस कम्पनीले गोल्डेन ओएक, ब्लाक ओएक रोयल ट्रिजर लगायतका ब्राण्डहरुको मदिरा उत्पादन तथा बिक्री गर्दै आएको छ। यो कम्पनी उत्पादमूलक कम्पनीको रुपमा सूचीकृत रहेको छ ।












प्रतिक्रिया