एनसीसी बैंकको बोनस पश्चात शेयरमूल्य समायोजन

0
Shares

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको माघ ७ गते मंगलबार नेप्सेमा शेयरमूल्य समायोजन भएको छ। नेप्सेले बैंकले गत आर्थिक वर्षको कमाईबाट वितरण गरेको १५ प्रतिशत बोनस समायोजन गरि नयाँ मूल्य निर्धारण गरेको हो ।

बोनस समायोजन गरि नेप्सेले बैंकको प्रतिकित्ता २०२ रुपैयाँ ६१ पैसा समायोजित शेयरमूल्य कायम गरि मंगलबार कारोबार खुला गरेको छ।

१५ प्रतिशत (एक अर्ब २२ करोड ७६ हजार १२३ रुपैयाँ) बोनस लाभांश अनुमोदन गर्न बैंकले यहि माघ १७ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा बिहान ११ बजे २२ औँ वार्षिक साधारण सभा डाकेको छ।

यसैगरि सभामा मर्जर तथा प्राप्तीका र वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

बोनस वितरण पश्चात एनसीसी बैंकको चुक्ता पूँजी ९ अर्ब ३५ करोड ३९ लाख १७ हजार पुग्नेछ।

प्रकाशित मिति: ७ माघ २०७६, मंगलबार  १२ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।