सुनचाँदीको भाउ फेरि बढ्न थाल्यो, सोमबार कतिमा भयो कारोबार ?

0
Shares

सुन चाँदीको मूल्य फेरि बढ्न थालेको छ । निरन्तर उकालो लाग्दै गएको सुनको मूल्य केही ओरालो लागेर पुनस् उकालो लाग्न शुरु गरेको छ।

गत शुक्रबार २०० रुपैयाँले बढेको सुनको भाउ आइतबार ३०० रुपैयाँले बढेको थियो भने सोमबार प्रतितोला ५०० सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाला सुन प्रतितोला ७६ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७५ हजार ७०० रुपैयाँ तोकेको छ। यस्तै चाँदी प्रतितोला ९०० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतितोला ७६ हजार ५०० सम्म पुगेको सुनको मूल्य घटेर शुक्रबार भने ७५ हजार २०० आइपुगेको थियो ।

प्रकाशित मिति: १३ माघ २०७६, सोमबार  ११ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।