नेपाली बजारमा बुधबार सुन चाँदीको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला चार सय रुपैयाँ तथा चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।
संघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ७५ हजार ६ सयमा कारोबार भएको छ भने तेजावी सुन ७५ हजार ३ सयमा झरेको छ । त्यस्तै चाँदीको भाउ प्रतितोला ८७० कायम भएको छ । मंगलबार सुनको भाउ स्थीर रहेपनि चाँदीको भने घटेको थियो ।
मंगलबारका छापावाला सुन प्रतितोला ७६ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।










प्रतिक्रिया