नेपाल एयरलाईन्सले जहाजको किस्ता एक अर्ब एक करोड भुक्तानी गर्यो

0
Shares

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाईन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जहाज खरिद गर्दा लिएको ऋणको पुस मसान्तमा भुक्तानी गर्नुपर्ने किस्ता रकम भुक्तानी गरेको छ ।

निगमले वाइडबडी र न्यारोबडी जहाजको किस्ताबापतको एक अर्ब एक करोड ४१ लाख ३९३ भुक्तानी गरेको विज्ञप्तिमार्फत जनाएको छ । निगमले दुई वाइडबडी जहाजको किस्ता रकमबापत ६६ करोड ५५ लाख ९९ हजार ७७० र न्यारोबडीको ३४ करोड ८५ लाख ६४ हजार ६२३ रकम भुक्तानी गरेको हो ।

निगमले जहाज खरिद गर्दा लिएको ऋणको हरेक तीनरतीन महिनामा किस्ता भुक्तानी गर्नुपर्ने दायित्व रहेको छ । निगमले दुई वाइडबडी जहाज डेढ वर्षअघि भित्र्याइएको थियो । निगमले दुवै कोषबाट २४ अर्ब ऋण लिएको थियो । अघिल्लो पटक न्यारोबडी जहाज खरिद गर्दा पनि निगमले २० अर्ब ऋण लिएको थियो ।

प्रकाशित मिति: १७ माघ २०७६, शुक्रबार  १८ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।