सन नेपाल लाइफ र अजोड इन्स्योरेन्सको आईपीओलाई ‘ग्रेड ४ रेटिङ’

0
Shares

सन नेपाल लाइफ इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले आईपीओ जारी गर्नको लागि केयर रेटिङ नेपालमा रेटिङ गराएका हुन् ।

यी दुई कम्पनीले जारी गर्ने आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।  ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषत भन्दा तल रहेको देखाउँछ ।

सन् नेपाल लाइफ इन्स्योरेन्सले ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्काशन गर्नको लागि रेटिङ गराएको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रहेको छ । आईपीओ निष्कासन पश्चात दुई अर्ब पुग्नेछ ।

त्यस्तै अजोड इन्स्योरेन्सले ३० करोड बराबरको ३० लाख कित्ता आईपीओ जारी गर्नको लागि रेटिङ गराएको हो । कम्पनीको चुक्ता पूँजी ७० करोड छ।

प्रकाशित मिति: १९ माघ २०७६, आइतबार  ०७ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।