शेयर बजार परिसूचक नेप्से दुई साता यता कै उच्च विन्दुमा पुग्दा एकैदिन दुई अर्ब बढीको कारोबार भएको छ । एकैदिनको कारोबार रकम पनि दुई साता यताकै उच्च हो।
गत माघ ५ गते नेप्से सूचक १३४३.६५ विन्दुमा पुग्दा दुई अर्ब ९ करोड ८ लाख ७७ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो । आइतबार नेप्सेले नयाँ उचाई लिदा २१.२६ अंकले बढेर १३४६.६४ विन्दुमा पुगेको छ भने दुई अर्ब ७ करोड बढीको कारोबार भयो ।

गत माघ ५ मा १३४३ विन्दु पार गरेको नेप्सले ६७ अंकको करेक्सन पछि सुधारको बाटो समातेको थियो । गत आइतबार नेप्से १२७६ अंकमा झरेको थियो । एक सातामै नेप्से ७० अंक बढीले उकालो लागेको हो ।
व्यापार र जीवन बीमा समूहको उप सूचकमा गिरावट आएको बजारमा नेप्से सूचक १.६० प्रतिशतले बढेको छ । बैंक वित्त र उत्पादनमुलक समूहका सूचकमा उच्च वृद्धि देखिएको बजारमा कारोबारमा आएकामध्ये दुई बाहेक सबै सूचक उकालो लागेका छन् ।
सूर्या लाइफकोे उच्च कारोबार भएको बजारमा तीन कम्पनीको शेयर मूल्य नौ प्रतिशत बढीले उकालो लागेको छ । सूर्या लाइफको दश करोड बढीको शेयर किनबेच भयो । ग्रामिण विकास, नयाँ नेपाल र मिथिला लघुवित्तको शेयर मूल्य उच्चदरले बढेको छ । सबैभन्दा धेरै गुह्श्वरी मर्चेन्ट फाइनान्सको शेयर मूल्य पाँच प्रतिशत बढीले झरेको छ ।










प्रतिक्रिया