शुक्रबार सुनचाँदी दुबैको भाउ बढ्यो

0
Shares

सुन चाँदी दुबैको मूल्य माघ २४ गते शुक्रबार बढेको छ। बिहीबार स्थीर रहेको मूल्य शुक्रबार पुन बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ४०० रुपैयाँ र चाँदीको भाउमा १० रुपैयाँले मूल्य वृद्धि भएको छ। 

मूल्य वृद्धि पश्चात शुक्रबार छापाावाल सुन प्रतितोला ७५ हजार ६०० रुपैयाँ, तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ३०० रुपैयाँमा तथा चाँदी प्रतितोला ८८५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

बुधबार छापाावाल सुन प्रतितोला ७५ हजार २०० रुपैयाँ, तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ९०० रुपैयाँमा र चाँदी प्रतितोला ८७५ रुपैयाँमा कारोबार भएको थियो।

मंगलबारको तुलनामा बुधबार भने सुनको मूल्य तोलामा ८०० रुपैयाँ र चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर कारोबार भएकोमा बिहीबर स्थीर रहेको थियो।

प्रकाशित मिति: २४ माघ २०७६, शुक्रबार  ११ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।