
सुनको भाउ मंगलबार घटेको छ। सोमबार ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १०० रुपैयाँ घटेर ७५ हजार ९०० रुपैयाँ कारोबार भैरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि तेजावी सुनको भाउ प्रतितोला ७५ हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला ८८० रुपैयाँमा कारोबार भैरहेको छ ।
माघ २७ गते सोमबार छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार, तेजाबी सुन ७५ हजार ७०० रुपैयाँ र चाँदी ८८० रुपैयाँमा कारोबार भएको थियो।
सोमबार सुनको मूल्य स्थीर रहेपनि चाँदीको भने प्रतितोला ५ रुपैयाँले घटेको थियो। मंगलबार भने सुनको मूल्य घटेको हो भने चाँदीको भाउ स्थीर रहेको छ।










प्रतिक्रिया