दिब्यश्वरी हाइड्रोपावर १ करोड ९७ लाख घाटामा

0
Shares

दिब्यश्वरी हाइड्रोपावर कम्पनी चालू आवको दोस्रो त्रैमाससम्ममा १ करोड ४९ लाख घाटामा रहेको छ ।

गत आवको दोस्रो त्रैमासमा २५ लाख ३२ हजार घाटामा रहेको थियो । कम्पनीको विद्युत विक्री आम्दानी घटेसँगै नाफामा असर पुगेको हो।

गत आवको दोस्रो त्रैमासमा कम्पनीले विद्युत विक्री बापत ५ करोड ७३ लाख आम्दानी गरेकोमा चालू आवको दोस्रो त्रैमासमा २० प्रतिशतले घटेर ४ करोड ५६ लाखमा सीमित भएको हो ।

कम्पनीको चुक्तापूँजी २६ करोड ४० लाख छ ।

प्रकाशित मिति: १ फाल्गुन २०७६, बिहिबार  १४ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।