दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ।

नेप्सेका अनुसार हिमालयन डिष्टिलरी र लक्ष्मी लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ।

हिमालयन डिष्टलरी (HDL) को १९ लाख २८ हजार २२७ कित्ता तथा लक्ष्मी लघुवित्तको ३ लाख ६३ हजार कित्ता गरी २२ लाख ९१ हजार २२७ कित्ता बोनस शेयर सूचीकृत भएको हो।

हिमालयन डिष्टलरीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ५० प्रतिशत तथा लक्ष्मी लघुवित्त (LLBS) ले १५ प्रतिशत बोनस वितरण गरेका थिए।

उक्त शेयर लगानीकर्ताको डिम्याट खातामा आउनासाथ नेप्सेका किनबेच गर्न सकिनेछ ।

प्रकाशित मिति: १ फाल्गुन २०७६, बिहिबार  १५ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।