सुन-चाँदीको भाउ थप आकासियो, रेकर्ड माथि रेकर्ड बन्दै

0
Shares


सुनको भाउले फागुन ७ गते हालसम्म कायम भएको रेकर्डलाई फेरि तोडेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको वृद्धिसँगै नेपालमा पनि मूल्य बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको भाउ प्रतितोला ७७ हजार १०० रुपैयाँ पुगेको छ । मंगलबार प्रतितोला २०० रुपैयाँले बढेर ७६ हजार ७०० रुपैयाँ पुगेको सुन बुधबार तोलामा ४०० रुपैयाँले बढेर हालसम्मकै नयाँ उचाइमा पुगेको हो।

महासंघका अनुसार बुधबार तेजावी सुन पनि प्रतितोला ४०० रुपैयाँले बढेर ७६ हजार ८०० रुपैयाँमा पुगेको छ । मंगलबार तेजावी सुन प्रतितोला ७६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरि चाँदीको भाउमा पनि बुधबार वृद्धि भएको छ। चाँदी प्रतितोला १५ रुपैयाँले बढेर ९०५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ८९० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: ७ फाल्गुन २०७६, बुधबार  ११ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।