शिखर इन्स्योरेन्स कम्पनी (SICL) को ३० प्रतिशत हकप्रद पश्चात फागुन १३ गते मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको छ।
इन्स्योरेन्सले जारी गर्न लागेको चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशनका लागि मंगलबार बुकक्लोज गरेसँगै नेप्सेले समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।
नेप्सेले इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद पश्चात १ हजार ५३ रुपैयाँ ८५ पैसा निर्धारण गरेको हो। यसअनुसार मंगलबार इन्स्योरेन्सको शेयर कारोबार समायोजित मूल्यलाई आधार मानेर खुल्नेछ।
शिखरले चुक्ता पूँजीको १० बराबर ३ अनुपातमा ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। हकप्रद बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ३७ करोड ४५ लाख पुग्नेछ।
हिमाल दोलखा हाइड्रोपावरको एचडिएचपिसी संकेतमा आजदेखि नेप्सेमा शेयर कारोबार खुल्दै










प्रतिक्रिया