मिर्मिरे लघुवित्तले नागबेलीलाई प्राप्ति गर्ने, नागबेलीको शेयर कारोबार रोक्का

0
Shares

मिर्मिरे लघुवित्तले नागबेली लघुवित्तलाई प्राप्ति गर्ने भएको छ।

काभ्रेपलान्चोकको बनेपामा केन्द्रिय कार्यालय रहेको मिर्मिरेले झापाको बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको नागबेली लघुवित्तलाई प्राप्त गर्ने सम्झैता गरेको हो।

दुई कम्पनीबिच फागुन १३ गते गाभ्ने तथा गाभिने सम्झौता भएको हो । मिर्मिरेले नागवेलीलाई १००: ९६ को स्वापमा खरिद गर्न लागेको जनाइएको छ । यद्यपि डिडिए रिपोर्ट अनुसार अन्तिम स्वाप तय हुने कम्पनीले जनाएको छ ।

प्राप्ति सम्बन्धी सम्झौतासँगै नेप्सेमा नागबेली लघुवित्तको शेयर कारोबार रोक्का भएको छ।

प्रकाशित मिति: १४ फाल्गुन २०७६, बुधबार  १२ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।