सुनको भाउ शुक्रबार घट्यो, चाँदीमा पनि गिरावट

0
Shares

सुनको भाउ घट्न थालेको छ । फागुन लागेयता निरन्तर बढेको सुनको भाउ पछिल्लो समयमा भने केही घट्न थालेको हो। दुई सातापछि आएर मंगलबार र बुधबार प्रतितोला ८०० रुपैयाँले घटेकोमा सुन बिहीबार २०० रुपैयाँले बढेकोमा शुक्रबार पुन: ५०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन १६ गते शुक्रबार नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ७९ हजार २०० रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ७८ हजार ९०० रुपैयाँ तोकिएको छ । महासंघका अनुसार शुक्रबार चाँदीको भाउ पनि घटेर प्रतितोला ८८० रुपैयाँमा झरेको छ।

बिहीबारको तुलनामा सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी प्रतितोला २० रुपैयाँले सस्तिएको हो।

फागुन १५ गते बिहीबार नेपाली बजारमा छापावाला सुन ७९ हजार ७०० रुपैयाँ, तेजावी सुनको ७९ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ९०० रुपैयाँमा कारोबार भएको थियो।

गत फागुन १ गते ७६ हजार रुपैयाँमा रहेको सुनको भाउ दुई साताको अवधिमै फागनु १२ गते सोमबार ८० हजार ३०० रुपैयाँ पुगेको थियो। त्यसयता भने सुनको भाउमा उतार-चढाव आइरहेको छ।

प्रकाशित मिति: १६ फाल्गुन २०७६, शुक्रबार  ११ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।