नकारात्मक सर्किटपछि स्थगित कारोबार सुचारु, अझै थामिएन बजार

0
Shares

नेप्से सूचक ५ प्रतिशतले घटेपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको बजार १ बजार २६ मिनेटमा नेप्से १ हजार ५११ दशमलव ७९ विन्दुबाट पुन: सुचारु भएको छ।

शेयर बजारमा सोमबार कारोबारको दुई घण्टा नबित्दै बजार ५ प्रतिशतले घटेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो। बुलिस गतिमा रहेको शेयर बजारमा एकाएक ओरालो लाग्ने क्रममा सोमबारको बजारमा नकारात्मक सर्किट लागको हो।

सबै कम्पनीहरुको शेयर मूल्यमा ठूलो गिरावट आएपछि नेप्से सूचक घटेको हो । सूचक ७९.५७ अंक अर्थात ५ प्रतिशतले घटेपछि सर्किट लागेको हो। अब फेरि बजार खुल्दा थप एक प्रतिशतले बजार घटेमा आज दिनभरका लागि कारोबार बन्द हुनेछ।

५ प्रतिशत घटेर सुचारु भएको बजारमा पनि गिरावटको क्रम रोकिएको छैन। पहिलो १ मिनेटमा नै बजार सूचक थप १० अंकले घटेको छ।

प्रकाशित मिति: १९ फाल्गुन २०७६, सोमबार  १३ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।